कृष्णदास फाउण्डेसन परिचय

माक्र्सबादी चिन्तक, लेखक, समालोचक ,श्रष्टा, राष्ट्रिय स्वाधिनताको रक्षा, एंबम् समाजको आमुल परिवर्तनका लागि निरन्तर क्रृयाशिल ब्यक्तित्व कृष्णदास श्रेष्ठले पुर्याउनु भएको योगदान, उहाँको संघर्षपूर्ण जीवन र उहाँद्धारा लिखित कृतिहरुका बारेमा अध्ययन खोज, अनूसन्धान , संरक्षण एबम् सम्बद्र्धन गर्दै जनस्तरमा पू¥याउने उदेश्यले कृष्णदास फाउण्डेसनको स्थापना गरिएको हो ।

मानव मुक्तिको महान तथा उच्च लक्ष्यमा आफ्नो सम्पूर्ण जीवन समपर्ण गर्नु भएका कृष्णदास श्रेष्ठको ओझेलमा परेको राजनीतिक व्यक्तित्व र कृतित्वको प्रचार प्रसार, संरक्षण अनि अध्ययन–अनुसन्धानका साथ साथै माक्सवादी दर्शन , साहित्य कलासँग सम्बन्धित विषयहरुमा छलफल र अन्र्तक्रिया गर्ने उदेश्यले यस कृष्णदास फाउन्डेसन स्थापना भएको हो ।

श्रेष्ठद्धारा लिखित अप्रकाशित रहेका सामाग्रीको प्रकाशन गर्ने छरिएर रहेका प्रकाशित कृतिहरुको संकलन र पुन मुद्रण गर्ने र अक्षयकोषको स्थापना गरि उत्कृष्ट प्रगतिशिल साहित्य र सर्जकको सम्मान गर्ने संस्थाका थप उदेश्यहरु रहेका छन् । यस कृष्णदास फाउन्डेसनलाई नेपालकै नमुना माक्र्सवादी अध्ययन अनुसन्धान प्रतिष्ठान बनाउने यसको लक्ष्य रहेको छ ।
संस्थाका उदेश्यहरु :
→ कृष्णदास श्रेष्ठद्धारा लिखित कृतिहरुको खोज, अध्ययन,अनुसन्धान ,प्रकाशन एबम प्रसारण गर्ने ।
→ कृष्णदास श्रेष्ठद्धारा लिखित अनुबादित कृतिहरुका बारेमा गरिएका समिक्षा, आलोचना ,टिप्पणी ,ब्याख्या बिश्लेषणहरुको संकलन गरी प्रकाशन प्रसारण गर्ने ।
→ कृष्णदास श्रेष्ठद्धारा लिखित कृतिहरु र सो सँग सम्बन्धित विषयमा छलफल, गोष्ठी र अन्र्तकृया लगायत कार्यक्रम गर्ने ।
→ माक्सवादी दर्शन एवम् प्रगतिशिल साहित्यसँग सम्बन्धित विभिन्न विधामा लेखिएका कृतिहरु मध्येबाट छनौट गरी उत्कृष्ठ कृति र सर्जकहरुलाई सम्मान गर्ने ।
→ कृष्णदास श्रेष्ठका कृति र उहाँका योगदानका बारेमा श्रब्यदृश्य समाग्रीहरु निर्माण गरी सोको प्रशारण गर्ने ।
→ साहित्य ,कला र दर्शनसँग सम्बन्धित विधाको विभिन्न विषयमा खोज , अध्ययन , अनुसन्धान गर्ने ।

Connect On Facebook

Our Video

Twitter