हरिहर सुवेदी

श्री कृष्णदास श्रेष्ठलाई मैले २०३१ सालतिर हाई स्कूलको शिक्षकको रुपमा चिनेको हुँ । म त्यसताका काठमाडौंको गणबहाल स्थित नेपाल आदर्श विद्ययालमा ९ कक्षामा अध्ययन गर्दथँे । उहाँ अंगे्रजी पढाउने गर्नु हुन्थ्यो । त्यस स्कूलमा शिक्षकहरु प्रायःः सबै बडो रवाफिला, दौरा सुरुवाल र कोटमा चिटिक्क परेर आउने गर्नु हुन्थ्यो । प्रध्यानाध्यापक हरिशंकर श्रेष्ठ, दोरेन्द्रराज दली, रामदाइ आदि यस वर्गमा पर्नुहुन्थ्यो भने अरु शिक्षकहरु पनि कोट पाइन्टमा सजिएर आउने गर्नु हुन्थ्यो । उहाँहरुको बोलीचाली, लवाई आदिले म काठमाडौं शहर बाहिरको गाउँले केटोमा एउटा छुट्टै छाप छोडेको थियो । तर त्यतिकैमा हाम्रो स्कूलमा एउटा शिक्षक थपिनु भयो । उहाँ भौतिक रुपमा पनि त्यति प्रभावशाली देखिनु हुँदैनथ्यो भने लवाई र चालचलनमा पनि अरु शिक्षकभन्दा अति फरक देखिनु हुन्थ्यो ।

Connect On Facebook

Our Video

Twitter